logo

२०८३ साउन १५ शुक्रबार

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी


हाम्रो राष्ट्र
  • शुक्रबार, ७ भाद्र २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो ।

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।

    अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend