काठमाडौं । भारतीय बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
आज पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा खसेको थियो । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मस्र्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको थियो । दुर्घटनाग्रस्त बसमा भारतीय पर्यटक सवार थिएँ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend