logo

२०८३ साउन १३ बुधबार

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी


हाम्रो राष्ट्र
  • शुक्रबार, ७ भाद्र २०८१
  • 793
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

    विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

    ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ । संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ ।”

    मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ । धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

    हाल सो पोखरीमा फोहर पानी छ । परिसरमा घाँस उम्रेको छ । पोखरीलाई तारबार गरेर राखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend