logo

२०८३ साउन १३ बुधबार

विश्व शान्तिको कामनासहित महाआरती

विश्व शान्तिको कामनासहित महाआरती


हाम्रो राष्ट्र
  • मंगलबार, ११ भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं ।  पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित यही भदौ १३ गते एकादशीका दिनदेखि महाआरती गरिने भएको छ ।

    यहाँस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती सञ्चालन गर्न लागिएको महाआरतीका संयोजक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिनुुभयो ।

    “महाआरतीका माध्यमबाट विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको छ”, उहाँले भन्नुुभयो, “यस महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना छ ।”

    उहाँका अनुसार महाआरतीअन्तर्गत तीन आरती गरिने छन् । यहाँ गरिने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले रु १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्नसक्ने उहाँले बताउनुुभयो । महाआरती प्रत्येक एकादशीका दिन अपराह्न ५ः३० बजे हुने जनाइएको छ ।

    आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ २०२२ सालमा स्थापना भएको यहाँको राधाकृष्ण मन्दिर शान्ति आश्रम धार्मिक रुपमा मात्र नभइ सामाजिक रुपमा पनि उत्तिकै क्रयाशील रहेको मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिनुुभयो । मन्दिर स्थापना भएपछि यही परिसरमा २०६९ मा राधाकृष्ण वृद्धाश्रम स्थापना भएको थियो । वृद्धाश्रममा हाल विभिन्न जिल्लाका ४५ ज्येष्ठ नागरिक बस्दै आउनुुभएको छ ।

    मन्दिरकै सक्रियतामा राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय २०७० सालमा स्वीकृति प्राप्त गरी २०७१ सालबाट सञ्चालनमा आएको छ । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।

    मन्दिरलाई आध्यात्मिक जागरणको केन्द्रसँगै धार्मिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य बनाउने सोच राखिएको उल्लेख गर्दै खनालले महाआरतीले यहाँको प्रवद्र्धन र विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको बताउनुुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend