logo

२०८३ साउन १३ बुधबार

विकास निर्माणमा तीनै तहको सरकारबीच समन्वय जरुरी : मन्त्री शाह

विकास निर्माणमा तीनै तहको सरकारबीच समन्वय जरुरी : मन्त्री शाह


हाम्रो राष्ट्र
  • बुधबार, १२ भाद्र २०८१
  • 5.5K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले तीनै तहको सरकारबीच समन्वय जरुरी भएको बताउनुभएको छ । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुग्नु भएका शाहले जिल्ला समन्वय समितिको आयोजनामा भएको वार्षिक प्रगति समीक्षा कार्यक्रममा यस्तो बताउनुभएको हो ।

    उहाँले जाजरकोट जिल्लामा कार्यरत विभिन्न सरकारी कार्यालय र गैरसरकारी संस्थाहरूलाई आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्न निर्देशन समेत दिनुभयो । साथै‚ संघ‚ प्रदेश र स्थानीय तहबाट विनियोजित कार्यक्रमहरू समयमै सहि ढङ्गबाट कार्यान्वयन गर्न र प्रभावकारी नभएका कार्यक्रमहरू कटौती हुने चेतावनी समेत उहाँको थियो ।

    मन्त्री शाहले संघ र प्रदेश सरकारबाट सञ्चालित योजनाहरूमा समयमै ठेक्का प्रक्रिया पूरा गरी कार्य सम्पन्न गर्न पनि निर्देशन दिनुभएको छ । जिल्ला प्रवेश गर्दा मन्त्री शाहले पुर्खाको थलो केही राम्रो गर्न सकु भनेर माटोलाई ढोग्नुभएको थियो । समाजसेवा हुँदै राजनीतिमा आउनुभएका शाहले आफूलाई जिताएर मन्त्री बनाउने आम जाजरकोटी जनतालाई धन्यवाद पनि दिनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend