logo

२०८३ साउन १४ बिहिबार

‘जनयुद्धलाई हिंसा देखे आफूहरूलाई मान्य हुन्न’

‘जनयुद्धलाई हिंसा देखे आफूहरूलाई मान्य हुन्न’


हाम्रो राष्ट्र
  • बिहिबार, १३ भाद्र २०८१
  • 1.7K
    SHARES

    पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा बिहीबार दाङको राप्ती गाउँपालिका- २ स्थित लालमटियामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना मन्तव्य राख्दै । तस्बिरः कुलदीप न्यौपाने/ रासस

    काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताउनुभएको छ । दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनयुद्धले ल्याएको उपलब्धीमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गतल भएको धारणा राख्नुभयो ।

    पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने बताउनुभयो । देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउनु गलत भएको उहाँको भनाइ छ । उहाँले माओवादीले दशवर्ष युद्ध लडेर ल्याएको उपलब्धीको जगमा देशको शासन व्यवस्था सञ्चालन भइरहेकाले त्यसको विरोध गर्नु औचित्यहिन भएको बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend