logo

२०८३ साउन १३ बुधबार

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा सपथ

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा सपथ


हाम्रो राष्ट्र
  • सोमबार, १७ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त चारजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ ।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ), स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई पद तथा गोपनीयताको सपथ गराउनुुभएको हो ।

    नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend