काठमाडौं । बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीमा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले मानव सेवा आश्रममा पुगेर असहाय, असक्षम र बेसहारा व्यक्तिहरूलाई भोजन गराउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै वडाध्यक्ष केसीले लेख्नुभएको छ, ‘आज कुशे औंसी बुवाको मुख हेर्ने दिनमा मानवसेवा आश्रममा भोजन गराउदै ! सबैको जय होस् ।’
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष केसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आउँनुभएको छ । उहाँले समय(समयमा विभिन्न सामाजिक कार्यक्रमहरूमा सहभागिता जनाउने गर्नुभएको छ ।
कुशे औंसीको पावन अवसरमा वडाध्यक्ष केसीले गरेको यो मानवीय सेवाको प्रशंसा गर्दै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा धन्यवाद दिइरहेका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend