logo

२०८३ साउन १३ बुधबार

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक


हाम्रो राष्ट्र
  • आइतबार, २३ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ जारी कलिङ साहित्य महोत्सवमा आज नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सन्यालले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

    भारतीय प्रधानमन्त्री मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सञ्यालले अन्तर्राष्ट्रिय मञ्चमा भारतले आफूलाई सशक्त रूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री मोदी सार्क बैठकसहित चारपटक नेपाल भ्रमणमा आइसक्नुभएको छ ।  भ्रमणका क्रम उहाँ नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुग्नुभएकाे थियो । उहाँले नेपाल भ्रमणका क्रममा गर्नुभएको सम्बोधनमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन पनि नेपालीमा अनुवाद गरिएको छ ।

    पुस्तकमा भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको मुख्य विषय पुस्तकमा छ ।

    नेपाल र भारतबीच लामो समयदेखि सम्बन्ध जोडिएको उल्लेख गर्दै पुस्तकका सङ्कलक भूपेन्द्रबहादुर श्रेत्रीले भन्नुभयो, “छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आमनेपालीलाई थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।”

    क्षेत्रीको सङ्कलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गर्नुभएको हो । विश्वमञ्चमा भारत नयाँ ढङ्गले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितबारे जानकारी गराउने उद्देश्यले नेपाली भाषामा अनुवाद गरिएको चन्दले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend