logo

२०८३ साउन १४ बिहिबार

पर्सामा चर्काे आवाजका डिजे र लाउड स्पिकरमा रोक

पर्सामा चर्काे आवाजका डिजे र लाउड स्पिकरमा रोक


हाम्रो राष्ट्र
  • आइतबार, २३ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्काे आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।

    प्रशासनले अत्यधिक चर्काे स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको हो ।
    पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको  भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्‍याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्काे आवाज र आतिसवाजी गर्ने जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताउनुभएको छ । उहाँले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend