logo

२०८३ साउन १३ बुधबार

रासस र मन्त्रालयबीच अनुदान निकासासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

रासस र मन्त्रालयबीच अनुदान निकासासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर


हाम्रो राष्ट्र
  • सोमबार, २४ भाद्र २०८१
  • 2K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच आज अनुदान निकासासम्बन्धी सम्झौता भएको छ । मन्त्रालयकातर्फबाट उपसचिव रामकृष्ण अर्याल र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

    सम्झौतापत्रमा मन्त्रालय र राससबीच नेपाली भाषामा चौबिसै घण्टा समाचार सेवा सञ्चालन, मातृभाषामा समाचार सेवा प्रारम्भ, सञ्चार उपकरण खरिद र कार्यालय मर्मत सुधार गर्नेलगायत शीर्षकमा राससलाई अनुदान निकासा दिनेसम्बन्धी सम्झौता भएको हो ।

    त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले राससलाई आत्मनिर्भर बनाउन सरकारसँग विशेष पहल र सहजीकरणका लागि आग्रह गर्नुभयो । मन्त्रालयका उपसचिव अर्यालले निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न रासस सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend