logo

२०८३ साउन १५ शुक्रबार

उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन

उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।

    अस्पतालका अनुसार हरिकलाको शरीरको ७० प्रतिशत भागमा जलन भएको थियो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend