काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायरोन्मेन्ट नामक संस्थाले ‘ओजन फर लाइफ’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा वीरगंजका ११ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए, जसमा ओजन तहको महत्व, संरक्षण, र यसले मानव जीवनमा पुर्याउने योगदानबारे विचार व्यक्त गरिएको थियो ।
गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितीय, र माइस्थान विद्यापीठकी रुपा गिरी तृतीय भएका थिए । विजयीलाई पुरस्कार र मेडल प्रदान गरियो ।
डा. सुष्मा तिवारीले विद्यार्थीले व्यक्त गरेका विचारहरूलाई महत्वपूर्ण ठहराउँदै, युवाहरूको विचार प्रस्तुतीकरण कलाले उत्साहित बनाएको बताउनुभयो । जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले पनि कार्यक्रमलाई प्रभावकारी भन्दै युवाहरूले प्रकृतिको संरक्षणमा गहन भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा निर्णायकको भूमिका तवरेज अहमद, के.सी. लामिछाने, र देवेश सर्राफले निर्वाह गरेका थिए । कार्यक्रमको अध्यक्षता फिरोज अन्सारीले गर्नुभएको थियो भने संचालन आयुष्मा सर्राफले गर्नुभएको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend