logo

२०८३ साउन १३ बुधबार

लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने

लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने


हाम्रो राष्ट्र
  • मंगलबार, १ असोज २०८१
  • 2K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

    उहाँले लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा  आज आयोजित कार्यक्रममा उहाँले सामाजिक सुधार र सकारात्मक परिवर्तनका लागि केन्द्रले गरेको योगदानको चर्चा गर्दै लागुऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनःस्थापनाका माध्यमबाट नयाँ जीवन प्रदान गरेको बताउनुभयो ।

    त्यस अवसरमा महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’को विमोचन गर्नुभयो ।

    केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यलाई पुरस्कार प्रदान गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend