logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडक ढलानमा स्थानीयलाई अवसर

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडक ढलानमा स्थानीयलाई अवसर


हाम्रो राष्ट्र
  • बिहिबार, १० असोज २०८१
  • 936
    SHARES

    काठमाडौं । बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताउनुभयो ।

    सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत रु चार लाख बजेट विनियोजन गरिएको छ । संयोजक गुरुङका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदलमार्ग निर्माण हुने गरेको छ ।

    रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चयन भएकाले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend