logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपतिको बधाई सन्देश

राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपतिको बधाई सन्देश


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन् ।

    सोमबार राष्ट्रपतिको कार्यभार सम्हालेका पौडेललाई चीनका राष्ट्रपति सीले मंगलबार बधाई ज्ञापन सन्देश पठाएका हुन् ।

    सन्देशमा राष्ट्रपति सीले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्धले स्वस्थ र स्थिर विकास कायम गर्दै ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

    उनले दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, पारस्परिक राजनीतिक विश्वासलाई मजबुत बनाउन, उच्चस्तरीय बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend