logo

२०८३ साउन १५ शुक्रबार

वर्षाका कारण समस्यामा परेका पर्यटकको उद्धार गर्न पर्यटनमन्त्रीको नौबुँदे निर्देशन

वर्षाका कारण समस्यामा परेका पर्यटकको उद्धार गर्न पर्यटनमन्त्रीको नौबुँदे निर्देशन


हाम्रो राष्ट्र
  • शनिबार, १२ असोज २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा समस्यामा परेका पर्यटकको उद्धार गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकले विभिन्न नौबुँदे निर्देशनात्मक आदेश जारी गरेकोे मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

    पर्यटकको तत्काल उद्धार गर्न पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकप्टर र र्‍याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरण अधिकतम परिचालन गर्नेगरी तयारी अवस्थामा राख्नाका साथै र्‍याफ्टिङसम्बन्धी संस्थाहरूले उद्धारमा गरेको प्रशंसनीय कार्यलाई निरन्तरता दिने लगायतका निर्देशन जारी गरिएको छ ।

    साथै सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सञ्चालन गर्ने, मौसम तथा उडानसम्बन्धी पूर्वसूचनालाई सबैको जानकारीका लागि निरन्तर प्रवाह गर्नेे, होटल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटल एवं डाइनिङ सेवा सहुलियत र नियमित शुल्कमा नै सहज ढङ्गबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend