logo

२०८३ साउन १४ बिहिबार

बाढी हेर्न खोलामा जाँदा…..

बाढी हेर्न खोलामा जाँदा…..


हाम्रो राष्ट्र
  • आइतबार, १३ असोज २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन्भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताउनुभयो ।

    यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend