logo

२०८३ साउन १४ बिहिबार

अविरल वर्षाले पुर्याएको क्षति : १४८ जनाको मृत्यु, ३६६६ जनाको उद्धार

अविरल वर्षाले पुर्याएको क्षति : १४८ जनाको मृत्यु, ३६६६ जनाको उद्धार


हाम्रो राष्ट्र
  • आइतबार, १३ असोज २०८१
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले अविरल वर्षाका कारण मुलुकभर भएको मानवीय क्षति र उद्धारको विवरण सार्वजनिक गरेको छ । मिति २०८१ असोज ११ गतेसम्म प्राप्त विवरण अनुसार देशभरि १४८ जनाले ज्यान गुमाएका छन् भने १०१ जना घाइते भएका छन् । यस घटनामा ५५ जना बेपत्ता भएका छन् भने ३६६६ जनाको सफल उद्धार गरिएको छ ।

    वर्षाका कारण सडक अवरुद्ध हुन र पहिरोले गर्दा बाढी प्रभावित क्षेत्रहरूमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । लामो यात्रा नगर्न र आवश्यक परेको खण्डमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न भनिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ ।

    विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्‍याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend