logo

२०८३ साउन १३ बुधबार

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता


हाम्रो राष्ट्र
  • सोमबार, १४ असोज २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्भने एक सय ११ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत केहीबेर अघि जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

    काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताउनुभयो ।

    “यसका साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ । सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेकाले छ”, उहाँले भन्नुभयो । प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसमेत विपद् प्रभावितको खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको पनि मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend