logo

२०८३ साउन १४ बिहिबार

कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलाई रु ५० लाख राहत प्रदान गर्ने

कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलाई रु ५० लाख राहत प्रदान गर्ने


हाम्रो राष्ट्र
  • मंगलबार, १५ असोज २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारले बाढी पीडितहरूलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सुर्खेतमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो पीडित नागरिकहरुको लागि राहतस्वरूप रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले धेरैलाई प्रभावित गरेकोले पीडितलाई तत्काल राहत पुर्‍याउन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend