logo

२०८३ साउन १४ बिहिबार

झापामा सात महिनामा सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु

झापामा सात महिनामा सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    झापा । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ ।

    चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए ।

    कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् ।

    ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ ।

    दुर्घटना हुने सवारीमा चार सय ३३ वटा मोटरसाइकल,४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ वटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिए ।

    प्रहरीले चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई करोड दुई लाख छ हजार पाँच सय राजवस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २८ हजार आठ सय ओटा सवारीलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो ।

    कार्यालयले चार हजार एक सय ३४ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रममा एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend