logo

२०८३ साउन १३ बुधबार

मोडर्न कन्या कलेजमा दशैं-तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मोडर्न कन्या कलेजमा दशैं-तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, २० असोज २०८१
  • 4.4K
    SHARES

    काठमाडौं । काठमाडौंको भीमसेनगोलास्थित मोडर्न कन्या कलेज बानेश्वरले एक विशेष कार्यक्रमको आयोजना गर्दै दशैं, तिहार, नेपाल सम्बत, र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहालले आध्यात्मिक र भौतिक दृष्टिकोणले बडादशैंको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले सनातनी धर्मावलम्बीहरू प्रकृतिका पूजक रहेको र माटो, पानी, वायु, पृथ्वी, सूर्यको पूजन गरिने परम्पराको चर्चा गर्नुभयो ।

    उहाँले तिहारमा काग, गाई, गोरु, र कुकुरको पूजा गरिनेजस्ता परम्परागत मूल्यहरूको महत्त्व उजागर गर्दै, मह पूजा देखि छठी देवीसम्मको पूजापाठ गर्ने हाम्रो संस्कार र संस्कृति रहेको उल्लेख गर्नुभयो। उहाँले दशैंले खुशी, सन्तुष्टि, ठूलोप्रति सम्मान र सानोप्रति स्नेह प्रकट गर्ने उच्च परम्परालाई कायम राख्न सघाउनेमा जोड दिनुभयो ।

    शुभकामना आदानप्रदानको क्रममा प्रा. मुकुन्दराज दाहाल, समाजसेवी श्याम जङ्ग कार्की, सञ्चारकर्मी रोजी पराजुली, बैंकर्स दुर्गालक्ष्मी श्रेष्ठ, विभिन्न कलेज र विद्यालयका प्राचार्यहरू, उपप्राध्यापकहरू तथा समाजसेवीहरूले पनि आ-आफ्ना शुभकामना व्यक्त गर्नुभयो। साथै, कार्यक्रममा हालैको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त पनि गरिएको छ । सो अवसरमा भड्किलो पर्व नमनाई संस्कृतिले दिएको सन्देशलाई आत्मसात गर्न आग्रह गर्दै, सबै सहभागीहरूले शुभकामना व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend