logo

२०८३ साउन १३ बुधबार

इजराइलमा हमासको आक्रमण हुँदा नेपाललाई ठूलो क्षति पुग्यो : नेता साउद

इजराइलमा हमासको आक्रमण हुँदा नेपाललाई ठूलो क्षति पुग्यो : नेता साउद


हाम्रो राष्ट्र
  • सोमबार, २१ असोज २०८१
  • 988
    SHARES

    काठमाडौँ, २१ असोज : नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।

    प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री साउदले बन्दी बनाइएका विपिन जोशीसहित सबैलाई रिहाई गर्नुपर्ने बताउनुभयो ।

    उक्त आक्रमणमा परी ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी जोशी अझै पनि बेपत्ता रहेको उल्लेख गर्दै नेता साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको बताउनुभयो ।

    विसं २०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भए पनि अझैसम्म पनि उनलाई फर्काउन सकिएको छैन ।

    आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । आक्रमणमा परी थुप्रै घाइते र अपाङ्ग भएका थिए । तत्कालीन परराष्ट्रमन्त्री साउद इजरायल पुगेर नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याउनुभएको थियोे ।

    “यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो । इजरायल सरकारको सहयोगमा नेपाली नागरिकको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,” पूर्वपरराष्ट्रमन्त्री साउदले भन्नुभयो, “घाइते विद्यार्थीको इजरायलमै उपचार भएको थियो ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend