नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. २ को अग्रसरतामा सोमबार ललितपुरको पूर्विय भेगमा नगद तथा खाद्यान्न वितरण कार्यको थालनी गरेका छन्।
गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण बाढीपहिरोवाट मृत्यु हुने र घाइते भएका नागरिकको घर घरमा पुगेर समवेदना एवं सहानुभूति प्रकट गरेका छन्।
संविधानसभाका सदस्य चन्द्र महर्जनको अगुवाइमा ललितपुर महालक्ष्मी नगरपालिकाका विपद् वाट प्रभावित जनताको अवस्था र वस्तुस्थिति वारे जानकारी लिने काम भएको छ। उनले अकल्पनीय एवं दुख:द् मृत्यु वरण गरेका परिवार जनमा समवेदना ब्यक्त गरेका छन्।
नेपाली काँग्रेस पार्टी ललितपुर क्षेत्र नं. २ क्षेत्रीय सभापति महेश खड्काको संयोजनमा बाढी र पहिरोवाट मृत्यु हुने परिवारलाई रु. २० हजार नगद तथा घाइतेमा परेका ब्यक्तिलाई रु. १५ हजार नगद सहयोग गर्ने र घर बगाएर बिचल्लीमा परेका नागरिकलाई चामल, दाल सहितको खाद्यान्न उपलब्ध गराउने व्यवस्था मिलाएको समेत जानकारी गराएका छन्।
ललितपुर महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले मानवीय संवेदनलाई ध्यानमा राखि पार्टीले गरेको सहयोग आह्वानलाई सबै कार्यकर्ताले आ-आफ्नो स्थानवाट भुमिका निभाउनु पर्ने बताउदै अहोरात्र खट्न अपील गरेका छन्। नागरिकको हरेक दु:खमा एक त पार्टी कार्यकर्ता, अर्को जन प्रतिनिधि पनि भएको नाताले दोहोरो भुमिकामा रहँदै सेवामा कमि हुन नदिने अवगत गराएका छन्। उनले भने आउनु होस् हातेमालो गरौं , सबै मिलेर पुन: उत्थानमा सरिक बनौं।
नेपाली काँग्रेस महासमिति सदस्य तथा युवा नेता प्रेमकृष्ण महर्जन नेपालको भू-बनोटका कारण समय समयमा प्राकृतिक प्रकोपको सामना गर्नु परेको बताउछन्। वातावरण अनुकुल दीर्घकालीन योजनाको कमि नै विपत्तिको प्रमुख कारक हो। माटोको गुणस्तर अनुसार कृषि र आवासीय क्षेत्र निर्धारण गरिनु आवश्यक छ। नदीको स्वरुप अनुसार बहाव भाग छोडिनु पर्छ। पूर्वाधार तयारि पछि मात्र बस्ति विस्तार गरिनु पर्ने हो , यस्तोमा सरकारको ध्यान कहिले जाने हो ? अब आइन्दा कोहि पनि राहत कार्यमा लाग्न नपरोस्।
बाग्मती प्रदेश सभाका सभमषद् पूर्वमन्त्री माननीय रामकृष्ण चित्रकारले पिडित परिवारका लागि पार्टीले राहत कोषमा रु. ५० लाख प्रदान गरेको अवगत गराएका छन्। बाग्मती प्रदेश सरकारले विपद् क्षेत्रको घोषणा गर्दा ८ जना नागरिकको मृत्यु भएको महालक्ष्मी नगरपालिकालाई समावेश गर्न छुटाएको प्रति ध्यानाकर्षण गराएका छन्। सरकारी तथ्यांकले पनि अति प्रभावित जिल्ला काभ्रे र ललितपुरलाई मानेको स्मरण गराए ।
मा. रामकृष्ण चित्रकारले बाग्मती प्रदेश सरकारको प्रशंसा गर्दै महाँकाल गाउँपालिकालाई २० लाख र गोदावरी नगरपालिका, बाग्मती गाउँपालिका, कोञ्जोसम गाउँ पालिका लाई १५-१५ लाख विपद् उद्दारका लागि प्रदान गरेको छ। हामी पार्टीको निर्देशन अनुसार महालक्ष्मी नगरपालिकामा छौं, यहाँको अवस्था अति भयावह देखियो । बाढी प्रभावित विपत्ति पछि नागरिकमा स्वास्थ्य समस्या पनि देखिएको छ। थप सेवाको आवश्यकता छ। हामीले सकेको सहयोग जुटाएका छौं।
नेपाली काँग्रेस पार्टीका जिल्ला सदस्य रोनिल पौडेल, महाधिवेशन सदस्य फरिन्दा महर्जन, ललिता खनिया, क्षेत्रीय सहसचिव एवं प्रवक्ता दिनेश राउत, सदस्य इन्दिरा बजगाँई, प्रदेश ‘क’ सभापति दिवाकर नेपाल, महालक्ष्मी नगर सभापति दिवाकर सिल्वाल, ललितपुर महानगर सचिव राजु ताम्राकार, क्षेत्र कार्यालय सचिव सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा नगद तथा खाद्यान्न राहत सहयोग प्रदान गरिएका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend