logo

२०८३ साउन १३ बुधबार

बालविवाह मुद्दामा पाँच जनालाई १८ दिन कैद सजाय, २ हजार जरिवाना

बालविवाह मुद्दामा पाँच जनालाई १८ दिन कैद सजाय, २ हजार जरिवाना


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.1K
    SHARES

    दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको हो ।

    पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । साथै उनीहरूविरुद्ध जनही दुई हजार रुपैयाँका दरले जरिवाना भएको छ ।

    व्यास नगरपालिका–५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास– ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको हो । जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् ।

    प्रहरीले निजविरुद्ध विसं २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend