logo

२०८३ साउन १४ बिहिबार

‘संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न सकेन’

‘संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न सकेन’


हाम्रो राष्ट्र
  • मंगलबार, ६ कार्तिक २०८१
  • 1.7K
    SHARES

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताउनुभएको छ ।

    नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले आज धनगढीमा आयोजना गरेको महासचिव÷सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उहाँले सोही कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको बताउनुभयो ।

    “उच्च शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन्, विश्वविद्यालय छैन्”, उहाँले भन्नुभयो, “शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन् । सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ ।”

    सङ्घीयतालाई बलियो बनाउन, जनविश्वास र भरोसा बढाउन प्रदेशलाई प्रदत्त अधिकार तत्काल हस्तान्तरण गर्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend