काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ की सदस्य रेणु श्रेष्ठको प्रमुख आतिथ्यतामा तीनमहिने सिलाई कटाई तालिमको शुभारम्भ भएको छ। पद्म कन्या विद्यालय, डिल्लीबजार र सामाजिक विकास कार्यालय, भैंसेपाटीको संयुक्त आयोजनामा सुरु भएको यो तालिम उपत्यकाका २५ जना महिलालाई रोजगारमूलक सीप प्रदान गर्न लक्षित छ।
कार्यक्रममा प्रमुख अतिथि रेणु श्रेष्ठले महिलाहरुका लागि सिलाई कटाई जस्ता सीपमूलक तालिमले रोजगारीका अवसरहरु सिर्जना गर्ने बताउँदै आयआर्जनका लागि महत्वपूर्ण हुने कुरा प्रस्ट्याउनुभयो। अतिथि अनिल कुमार श्रेष्ठले समेत सिलाई कटाईले महिलाहरुको जीवनस्तर उकास्न मद्दत पुर्याउने र घरायसी उपयोगमा समेत काम आउने कुरामा जोड दिनुभयो।
समाजसेवीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिमले महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सामाजिक विकास कार्यालय, भैंसेपाटीका सभापतिले तालिमका बारेमा जानकारी दिदै यो प्रशिक्षण उपत्यकाका विभिन्न स्थानका महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको बताउनुभयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend