logo

२०८३ साउन १४ बिहिबार

‘सरकारले विकासमा तीव्रता दिनुपर्ने’

‘सरकारले विकासमा तीव्रता दिनुपर्ने’


हाम्रो राष्ट्र
  • बिहिबार, ८ कार्तिक २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उहाँको भनाइ थियो । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।

    दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उहाँले स्पष्ट पार्नुभयो । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उहाँको धारणा थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend