logo

२०८३ साउन १३ बुधबार

राससद्वारा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई तस्बिर हस्तान्तरण

राससद्वारा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई तस्बिर हस्तान्तरण


हाम्रो राष्ट्र
  • बिहिबार, ८ कार्तिक २०८१
  • 754
    SHARES

    काठमाडौं । राष्ट्रिय समाचार समिति(रासस)ले रासससँग सम्बन्धित ऐतिहासिक महत्वका चार थान तस्बिर त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई हस्तान्तरण गरेको छ ।

    ती तस्बिरहरु हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग मुलुकको जेठो पत्रकारिता अध्ययन अध्यापन गर्ने संस्था हो, यसको सुदृढीकरणबाट मुलुकको समग्र पत्रकारिताले नै सकारात्मक दिशानिर्देश गर्नसक्ने भएकाले अध्ययनका क्रममा राससद्वारा उपलब्ध सहयोगी सामग्री विभागका लागि उपयोगी हुने बताउनुभयो ।

    सो अवसरमा विभागका प्रमुख डा कुन्दन अर्यालले विभागले पत्रकारिता तथा आमसञ्चार विषयमा उच्चशिक्षाको अध्यापनसँगै यससम्बन्धी छोटो अवधिका तालिम कार्यक्रम पनि सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सो भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहललगायत सुविधा रहेकाले यसलाई भरपुरमा ल्याउन सकिनेछ भन्नुभयो ।

    सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक सोमनाथ लामिछाने, प्रधानसम्पादक उत्तम सिलवाल र आलेख शाखा प्रमुख कृष्ण अधिकारी सहभागी हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend