logo

२०८३ साउन १३ बुधबार

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद


हाम्रो राष्ट्र
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 1.3K
    SHARES

    काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
    कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताउनुभयो । कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।
    कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ ।
    कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो ।  किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend