logo

२०८३ साउन १३ बुधबार

बरहथवा बजारको किराना पसलमा आगलागी

बरहथवा बजारको किराना पसलमा आगलागी


हाम्रो राष्ट्र
  • शनिबार, १७ कार्तिक २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

    उहाँले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताउनुभयो ।

    आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ । किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

    गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको बारुणयन्त्रका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

    यसैबीच धनकौल गाउँपालिका–४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय जितु रायको काठले बनेको जलेर क्षति पुगेको छ । आगलागीबाट कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend