logo

२०८३ साउन १४ बिहिबार

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

बागलुङ बस दुर्घटनामा २१ जना घाइते


हाम्रो राष्ट्र
  • बुधबार, २१ कार्तिक २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

    हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताउनुभयो । उहाँका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend