logo

२०८३ साउन १४ बिहिबार

भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग

भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग


हाम्रो राष्ट्र
  • शनिबार, २४ कार्तिक २०८१
  • 2.7K
    SHARES

    काठमाडौं । देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ ।

    घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको रु एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो । घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत हुनुहुन्छ ।

    बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताउनुभयो । भैलोबाट सङ्कलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उहाँको भनाइ छ । गत वर्ष भैलोबाट सङ्कलन गरिएको रु एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो ।

    क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उहाँको उपचारमा रु ४३ लाख लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend