logo

२०८३ साउन १४ बिहिबार

स्रोत नखुलेको १० लाख भारुसहित महोत्तरीबाट एक युवक पक्राउ

स्रोत नखुलेको १० लाख भारुसहित महोत्तरीबाट एक युवक पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1.1K
    SHARES

    महोत्तरी । महोत्तरीको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा बिहीबार प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

    उनको साथबाट प्रहरीले नौ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend