logo

२०८३ साउन १५ शुक्रबार

बागमती प्रदेशमा मन्त्रालय विभाजन

बागमती प्रदेशमा मन्त्रालय विभाजन


हाम्रो राष्ट्र
  • मंगलबार, २७ कार्तिक २०८१
  • 1.7K
    SHARES

    मकवानपुर: बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

    बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ ।

    विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend