logo

२०८३ साउन १४ बिहिबार

बसको ठक्करबाट पोखरामा युवतीको मृत्यु

बसको ठक्करबाट पोखरामा युवतीको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1.3K
    SHARES

    पोखरा । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

    पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नम्बरको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

    कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend