सुर्खेत: “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी” को परिकल्पना साकार पार्न कर्णालीको दोस्रो पञ्चवर्षीय योजनामा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षता र आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहको विशेष उपस्थिति रहेको थियो ।
आयाेगका उपाध्यक्ष, सदस्य र प्रदेश सरकारका मुख्य सचिबकाे समेत उपस्थितिमा आयाेगका उपाध्यक्ष सुर्यनाथ याेगीकाे प्रस्तुती पछि सुझाब संकलन गर्ने कार्य गरिएकाे थियाे । योजना आयोगले कर्णालीकाे समग्र बिकासका लागि योजना तर्जुमाको आधार विधि तथा प्रक्रिया योजनको विषय क्षेत्र तथा उप-क्षेत्र र लगानी प्रक्षेपणका वारेमा समेत प्रदेस सरकार सग छलफल गरेको थियाे ।
पहिलो पंचवर्षीय योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसके पछि राष्ट्रीय योजना आयोगले सरकार संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मी लगायतका कर्णाली प्रदेसका समग्र विषय वस्तु बारे प्रत्यक्ष सरोकार राख्ने सरोकार वाला हरु सग सुझाब संकलन समेत गरेको हो ।
वक्ताहरुले कर्णालीमा भएको श्रोत साधनको सही र उपयुक्त प्रयोग हुने गरी बिकासको आधार तयार गर्नु पर्ने सुझाव दिएका छन् । उनिहरुले सडक, विद्युत, उत्पादन पशुपालन कृषीउत्पादनलाई जोड दिँदै त्यसको बजार व्यवस्थापन हुने गरी योजना तर्जुमा गर्नुपर्ने समेत सुझाव दिएका छन् । हरेक पटक योजना बनेपनि कार्यान्वयन पक्ष कमजोर भएको भन्दै योजना कार्यान्वयनलाई प्राथमिकतामा राख्नु पर्ने समेत बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले सुझावलाई योजना निर्माणमा प्राथमिकता दिने बताउँदै समृद्ध कर्णाली निर्माणमा सहकार्यको अपिल समेत गर्नु भएकाे हो । नितीगत कुरामा जाेड दिईएकाे, लेख्नकाे मात्र नलेखेकाे र सुझाब संकलन गर्नका लागि मात्र नगरेकाेले भन्दै ऐन र आयाेजना बैककाे निर्माणकाे माध्यामबाट नीति तथा याेजनालाई कार्यान्वयनकाे चरणमा लगिने र सबैकाे साझा दस्ताबेज बनाउन प्रयास स्वरूप अन्तक्रिर्याकाे आयाेजना गरिएकाे प्रस्ट पार्दै सुझाब दिने क्रममा सहभागीबाट उठान गरेका धेरै कुरा पहिले नै समेटिएको पाईएकाे र केही थप रचनात्मक सुझाब सहित अन्तिम रूप दिएर बिकास परिषदबाट पारित भएपछि कार्यान्वयनका पक्षमा वातावरण बनाउदै जानुपर्नेमा मुख्य मन्त्री कँडेलले जाेड दिनु भएकाे थियो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले हरेक निकायले श्रोतको सुनिश्चितता र व्यवस्थापन हुने गरी आगाडि बढ्नु पर्ने बताउनु भयो । उहांले स्थनीय तह प्रदेस सरकार देखि संघ संस्थाहरुले समेत संघ सरकारको मात्र आशा गरेर बस्दा बिकास निर्माणको काम ओझेलमा परेको बताउनु भयो । शाहले आयाेगले ल्याएकाे याेजना र नीति भित्र धेरै राम्रा कुरा समाबेश भएकाेले कर्णालीमा सरकार संग गैह्र सरकारी निकाय र निजी क्षेत्र संग सहकार्य गरेर लगानी गर्न ईच्छुक दातृ निकायलाई र निजी क्षेत्रलाई लगानी गर्नमा प्राेत्साहन गरिनेमा जाेड दिनु भएकाे थियाे ।
कर्णाली प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना ९०८१र८२–०८५र८६० निर्माणका लागि आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले प्रस्तुत गर्नु भएको मस्यौदामाथि छलफल गरी थप सुझावहरू संकलन गरिएको हो ।
कार्यक्रममा आयोगका सदस्य अशोकनाथ योगीले समृद्ध कर्णाली निर्माणका लागि प्राप्त सुझावलाई साझा दस्तावेजमा समेट्ने र सबै सरोकारवालाको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend