logo

२०८३ साउन १४ बिहिबार

टिकटकले जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल

टिकटकले जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल


हाम्रो राष्ट्र
  • मंगलबार, १८ मंसिर २०८१
  • 897
    SHARES

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा आइतबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल टेलिकमबाट मुगु जिल्लाको सदरमुकाम गमगढीमा फइबरका माध्यमबाट इन्टरनेट सेवा पुर्याउने (फाइबर टु होम, एफटिटीएच)को सुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिर ः नवीन पौडेल÷रासस

    काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताउनुभयो । उहाँले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
    काठमाडौँमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदैआएको बताउनुभयो । उहाँले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गर्नुभयो ।

    “डिजिटल सुरक्षाका हिसाबले अरु सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ”, सचिव अर्यालले भन्नुभयो, “अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुशरण गर्नपर्छ ।”

    डिजिटल प्लेटर्फमलाई समाजप्रति पारदर्शी, मर्यादित र जवाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको सचिव उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताउनुभयो । साथै यसका लागि सरकारलाई सबैको सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो “सामाजिक सञ्जाल व्यवस्थापनमा प्रयोगकर्ताले ‘कन्टेन्टमा करेक्सन’ गरे धेरै हदसम्म समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । सचिव अर्यालले सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य सार्थक बनाउन सामाजिक सञ्जालको अहम् भूमिका हुने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend