सुर्खेत: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) ले कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रलाई फिजियोथेरापी सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।
विगत केही वर्षदेखि कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका बालबालिकाहरुको निःशुल्क उपचार गर्दै आएको छ। यस हस्तान्तरणले केन्द्रको क्षमता अभिवृद्धि भई थप प्रभावकारीरूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले यस प्रकारको सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शाहले सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न तथा उनीहरूको समावेशी विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी पनि गराउनुभयो।
विकलाङ्ग मित्र समूहले यस प्रकारको सहयोगले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मुख्यधारमा ल्याउन टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
यस्ता हस्तान्तरण कार्यक्रमले कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले अन्य संस्था तथा व्यक्तिहरूलाई प्रोत्साहन गर्नुका साथै यस्ता प्रकारका सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा समेत गरिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend