logo

२०८३ साउन १५ शुक्रबार

दिवङ्गत नेता सिंहको सम्झना

दिवङ्गत नेता सिंहको सम्झना


हाम्रो राष्ट्र
  • शनिबार, १३ पुष २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पिएल सिंहले परिवारभन्दा देशलाई माथि राखेर काम गरेको बताउनुभएको छ ।

    आज नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिद्वारा उहाँको १३औँ दिनको पुण्यतिथिमा २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा नेता सिंहले गर्नुभएको योगदानको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले सिद्धान्त र आदर्शको राजनीतिलाई उहाँले सधैँ आत्मसात् गर्नुभएको बताउनुभयो ।

    “भारतका प्रधानमन्त्री चन्द्रशेखर र पिवीनरसिंह राव उहाँबाट प्रभावित हुुनुहुन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताका प्रिय हुनुहुन्थ्यो । जनताका पनि उहाँ उत्तिकै प्रिय हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend