logo

२०८३ साउन १४ बिहिबार

शिवालय गाउँपालिकाका विद्यालयको अवलोकन तथा निरीक्षण: अर्थमन्त्री शाह

शिवालय गाउँपालिकाका विद्यालयको अवलोकन तथा निरीक्षण: अर्थमन्त्री शाह


हाम्रो राष्ट्र
  • सोमबार, १५ पुष २०८१
  • 3.5K
    SHARES

    जाजरकोट:कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले  आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने शिवालय गाउँपालिकाका विभिन्न विद्यालयको स्थलगत अनुगमन गर्नुभएको छ।

    मन्त्री शाहले शिवालय गाउँपालिका वडा नं ३ मा अवस्थित सरस्वती माध्यामिक विद्यालय र इन्द्र धनुष प्राथमिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर तथा पठनपाठनको अवस्थाको निरीक्षण गर्नुभएको थियो।

    यसैगरी, वडा नं ७ को वीरेन्द्र माध्यामिक विद्यालय र वडा नं ८ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको पनि अवलोकन  गर्नुभएको थियो।
    विद्यालय निरीक्षणका क्रममा मन्त्री शाहले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको पठनपाठन सम्बन्धी समस्याबारे जानकारी लिनुभएको थियो। साथै शिक्षकहरूसँग पनि अन्तरक्रिया गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो।

    यसैबीच, मन्त्री शाहले शिवालय गाउँपालिका वडा नं ७ मा आयोजित ‘सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भई गाउँपालिकाबासीलाई सम्बोधन गर्नुभएको थियो। उहाँले सफा र स्वच्छ वातावरण निर्माणका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend