logo

२०८३ साउन १५ शुक्रबार

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम


हाम्रो राष्ट्र
  • सोमबार, १५ पुष २०८१
  • 1.9K
    SHARES

    काठमाडौं: नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताउनुभयो । उहाँले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र प्राविधिको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
    त्यसअवसरमा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको नेपाली  नगरिकता सम्बन्धमा प्रष्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेको कांग्रेस कार्यालयले जनाएको छ ।
    नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरुको नगरिकताका साथै अन्य समस्या उठान गर्दै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend