logo

२०८३ साउन १४ बिहिबार

गोंगबु घटनामा संलग्न थप २३ जना पक्राउ

गोंगबु घटनामा संलग्न थप २३ जना पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरीले गोंगबुमा प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आईल्याण्ड तोडफोड गरी आगजनी गर्ने थप २३ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले माघ एक गते गोंगबुमा लुटपाट र आगजनीमा संलग्न थप २३ जनालाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा गोंगबु बस्ने गणेश कुमार श्रेष्ठ, कास्कीको भरतपोखरीको विक्रम नेपाली, गोरखा पालुङटारका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोट ताँदीका सुमन लामा, गोरखाका विजय मगर, नुवाकोट शिवपुरीका रन्जित कुमार तामाङ, काठमाडौंको तार्केश्वरकी संगीता खड्की, नुवाकोटका रवि तामाङ, कैलाली चिसापानीका प्रकाश क्षेत्री, धादिङ निलकण्ठ नगरपालिकाका ईलाराज गुरूङ, सिन्धुलीका ईन्द्र तामाङ, काठमाडौंका माधव शाही, उदयपुरका राजन रावत, काभ्रेका हरिशरण तामाङ, काभ्रेका सुजन मगर, काठमाडौंका रोमन नगरकोटी, नुवाकोटका सुनिल कालिकोटे, नुवाकोटका सुदीप तामाङ, धादिङका विकास गुरूङ, चितवनका सविधान परियार, नुवाकोटका केशर राई र काठमाडौंका कविन खड्गी छन् ।

    उनीहरुविरुद्ध. मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै अन्य संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको परिसरले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend