logo

२०८३ साउन १४ बिहिबार

आज त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन

आज त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदैछ ।स्ववियु निर्वाचन अन्तर्गत आज बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुँदैछ । १४ वर्षदेखि रोकिएको स्ववियुको निर्वाचन आजका लागि तोकिएको हो । दुई वटा आंगिक क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा निर्विरोध रूपमा स्ववियु गठन भइसकेको छ ।

    बाँकी रहेका अधिकांस क्याम्पसहरूमा निर्वाचन गरी कार्यसमितिका पदाधिकारी र सदस्यहरू छनौट गर्न लागेको हो । त्रिभुवन विश्वविद्यालयले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैलाई अपील गरेको छ ।

    आज ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुई/दुई वर्षमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेपनि स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend