जाजरकोट: जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मा.राजीव बिक्रम शाहले जाजरकोट कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षणका लागि प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै यस क्षेत्रमा ऐतिहासिक र सांस्कृतिक महत्व जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राख्नु भयो।
उहाँले सम्बोधनमा जाजरकोटको विकास, सम्पदा संरक्षण र सांस्कृतिक प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेको बताउ भयो। आफ्नो “पुर्ख्यौली थलो जाजरकोटको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई उजागर गर्न प्रतिष्ठानले स्थानीय समुदाय, युवा पुस्ता र सम्बन्धित निकायहरूलाई एकजुट गरी गरेको प्रयास प्रेरणादायी छ,”उहाँले भन्नु भयो ।
कार्यक्रममा मन्त्री शाहले जाजरकोटको विकास र संरक्षणका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नु भयो।
अधिवेशनको अवसरमा प्रतिष्ठानका प्रतिनिधिहरूले जाजरकोटको सम्पदा संरक्षणको महत्वबारे आफ्नो धारणा राख्दै आगामी योजनाहरू प्रस्तुत गरे। कार्यक्रममा स्थानीय, सरोकारवालाहरू, बुद्धिजीवी वर्ग र युवा पुस्ताको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको सफल आयोजनका लागि मन्त्री शाहले आयोजकहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि जाजरकोटको पहिचानलाई अझ उजागर गर्न निरन्तर प्रयास गर्न आग्रह गर्नुभयो।
जाजरकोट सदरमुकाम खलंगामा सम्पन्न यस तेस्रो वार्षिक उत्सवले क्षेत्रको संरक्षण र प्रवर्द्धन अभियानलाई नयाँ गति दिने विश्वास गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend