logo

२०८३ साउन १४ बिहिबार

पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगरमा तनाव

पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगरमा तनाव


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1K
    SHARES

    विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा जारी प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेश खारेज गर्दै पहिचानका आधारमा नाम राख्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा झडप भएको हो । निषेधित क्षेत्रमा प्रदर्शनकारीहरु प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

    भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend