logo

२०८३ साउन १४ बिहिबार

मोडर्न कन्या कलेजमा भव्य रुपमा सरस्वती पूजा सम्पन्न

मोडर्न कन्या कलेजमा भव्य रुपमा सरस्वती पूजा सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, २४ माघ २०८१
  • 1.5K
    SHARES

    काठमाडौको भीमसेन गोला बानेश्वरमा रहेको मोडर्न कन्या मल्टिपल कलेजले बिद्याकि देवी सरस्वतीको विभिन्न कार्यक्रम गरि मनाएको छ।प्राध्यापक मुकुन्दराज दाहाल बाट सरस्वती बन्दना गरेर आरम्भ गरिएको सो कार्यक्रममा शिक्षाबिद तथा वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहालले सरस्वतीको महत्व , अनादी काल देखि रहदै आएको, सरस्वतीको भारत बर्ष भरी नै बिशेष रहेको, आज बिशेष दिनको रूपमा शिक्षाको मन्दिरमा चर्चा भइरहेको उल्लेख गर्नु भयो। साथै उहाँले आज बसन्त पन्चमी पनि हो र बसन्त श्रवणको चर्चा गर्दै आजैबाट बाल बालिकालाई शिक्ष। आरम्भ गर्दा राम्रो हुने कुरामा पनि यो दिन जोडिएको बताउनु भयो।आजको दिन अध्यारोलाई चिरेर उज्यालो छर्ने सेतो र उज्यालोको प्रतीक रूपमा सरस्वतीलाई लिन सकिन्छ भन्नू भयो ।सरस्वती बिनयी भावको, विणा पुस्तक धारण गरेकी सरस्वतीको ज्ञान पक्षलाई जति चर्चा गरे पनि कमै हुन्छ भन्नू भयो।
    कार्यक्रममा सस्कृतिबिद शर्मिला कोइराला , उपप्राद्यापकहरु भरत सापकोटा ,कोपिला कोइराला , दीपेन्द्र कार्की , लगायतले सरस्वतीले दिने ज्ञान र विबेक नगुमाउन बिद्यार्थीहरुलाई अनुरोध गर्नु भएको थियोे ।पृन्सिपल सविन पोख्रेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा छात्राहरू रेनुका कडेल , कल्पना कटुवाल , गङ्गा के सी , प्रकृति दाहाल शर्मिला कार्की , स्वछ्या दाहाल ,जमुना बस्नेत गङा बस्नेत इशा गोतामे ,रीतु मगर , सानू भुजेल , पूजा लामिछाने , एलिसा राई लगायतले हामी विद्यार्थीहरु सिक्न चाहना राख्ने र पढ्नेहरु सबैको प्रेरणाको श्रोत सरस्वती माता भएको बताएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend