logo

२०८३ साउन १४ बिहिबार

मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढाउने सहमती

मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढाउने सहमती


हाम्रो राष्ट्र
  • शुक्रबार, २ फाल्गुन २०८१
  • 2.4K
    SHARES

    काठमाण्डौं:  कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको कार्य तत्काल अघि बढ्ने सहमती भएको छ ।गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ ।विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमती हुन नसक्दा निर्माण प्रभावित हुदै आएको थियो । शुक्रबारको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।“ यसअघि पनि छुट्टा-छुट्टै धेरै चरणमा सहमती र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन ।” उहाँले भन्नुभयो–“ आज सम्वद्ध निकायको संयुक्त बसाइले सहमती भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्ने भयो ।”“ विमानस्थलका लागि चाहिने सेनाको जग्गा ( फुटवल मैदान र आवास भएको स्थान) मा सेनाको सहमती भएकाले तत्काल काम अघि बढ्ने भयो ।”  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानबीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकरात्मक हुनुपर्नेमा जोड दिनुभएको थियो ।बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमती नरहेको, सो क्रममा मिचिने फुटवल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिनुभएको थियो । सेनाले राखेको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधीकारीहरुले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकरात्मक रहेको बताउनुभएको छ ।विमानस्थलका विषयमा मन्त्री लेखक लामो समयदेखि सहजीकरणका लागि प्रयासरत हुनुहुन्थ्यो । भीमपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्देश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशतमा विमानस्थल तीन बर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend