logo

२०८३ साउन १४ बिहिबार

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको कार्यसमिति गठन, कृष्णा पौडेल अध्यक्ष चयन

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको कार्यसमिति गठन, कृष्णा पौडेल अध्यक्ष चयन


हाम्रो राष्ट्र
  • बुधबार, ७ फाल्गुन २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ:  अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखाको औपचारिक गठन गरिएको छ। काठमाड़ौँमा आयोजित एक विशेष भेलामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरू र बोर्ड अफ डाइरेक्टरहरूको उपस्थितिमा नेपाल च्याप्टरको स्थापना गरिएको हो।भेलामा बोल्दै, अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा अलग राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कको रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको गठन गरिएको जानकारी दिए। उनले अमेरिकामा स्थापना गरिएको महासंघको पहिलो च्याप्टर नेपालमा स्थापना भएको बताए।भेलाले कृष्णा पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल चयन भएका छन्। सचिवको जिम्मेवारी सोविता रिसाल र कोषाध्यक्षको जिम्मेवारी पवन पौडेलले सम्हाल्नेछन्।बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन्।त्यस्तै, नेपाल च्याप्टरका सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही र डा. राजेश अहिराज रहेका छन्। कानुनी सल्लाहकारको रूपमा गणेश घिमिरे ‘सुजन’ नियुक्त भएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend